दाङमा श्रीमतीको हत्या गरी मुटुको बिरामी भनी प्रहरीलाई झुक्याउने श्रीमान पक्राउ



दाङमा श्रीमतीको हत्या गरी मुटुको बिरामी भनी प्रहरीलाई झुक्याउने श्रीमान पक्राउ

दाङ २३ माघ । दाङमा श्रीमतीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको लुङ्गी गाँउपालिका ६ घर भई हाल दाङको घोराही उपमहानगरपालिका १९ मलार बस्दै आएका ४९ वर्षीय कृतीमान बुढाथोकि रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ४४ वर्षीय गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेका हुन । तर श्रीमती मुटुको बिरामी भएको र अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्दै प्रहरीलाई झुक्याउन खोजिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । उनका अनुसार घटनाको प्रकृती हेर्दा संकासपद भएकाले आरोपी श्रीमानलाई नियन्त्रमा लिएर अनुसन्धान अगाडि बढाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे