राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत



काठमाडाैँ २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूको राजीनामा स्वीकृत गरेका हुन् । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. तोसिमा कार्की नियुक्त भएका थिए ।

राजीनामापछि रिक्त शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राजीनामालगत्तै रास्वपाका निवर्तमान मन्त्रीहरुले सोमबार नै सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित सबै निवर्तमान मन्त्रीहरुले सरकारी क्वार्टर छाडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे