प्रदेश सभा र सञ्चार माध्यम आफैमा महत्वपूर्ण विषय हो : सभामुख घर्ती



भालुवाङ २० माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले प्रदेश सभा र सञ्चार माध्यम आफैमा महत्वपूर्ण विषय भएको बताएका छन् । प्रदेश सभा सचिवालयको समन्वयमा संसदीय मामिला पत्रकार समाज लुम्बिनीले शुक्रबार अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा आयोजना गरेको प्रदेश सभाको प्रभावकारीतामा सञ्चारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले प्रदेश सभाको प्रभावकारितालाई ५ वर्ष सम्म कसरी अगाडि बढाएको भन्ने विषय तथा प्रदेश स्थापना, कार्यान्वयन लगायत प्रदेशका हरेक गतिविधि सञ्चारको माध्यमबाट जनता माझ पु¥याउने काम समेत पत्रकार तथा सञ्चार माध्यमको निर्णायक भुमिका भएको बताएका छन् । सदनमा बोलेका कुराहरु जनता माझ लैजाने काम समेत पत्रकारहरुबाट धेरै पटक भएको बताए ।

त्यस्तै उपसभामुख मेनुका खाँड केसीले पत्रकार राज्यको चौथो अंग भएकोले प्रदेश सभामा गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा सत्य तथ्य कुराहरू मिडियामा ल्याउनुपर्ने बताएकी छिन् । त्यस्तै उनले प्रदेशलाई अनुकूल हुने गरि सुचना तथा सञ्चारलाई सफल र सक्षम बनाउन प्रदेशसभाले भुमिका महत्वपूर्ण खेल्नुपर्ने बताइन् । यसै बीच उनले पछिल्लो समय सञ्चारमाध्यमबाट विश्वसनीयता गुमेको स्मरण गराउँदै उनले सञ्चार माध्यमहरु स्वतन्त्र नभएर विभिन्न पार्टी व्यक्तिवादी भएकाले जनतामा विश्वास गर्ने वातावरणको कमी आएको बताउँदै अव सञ्चार माध्यमहरु स्वतन्त्र भई जनताका बुलन्द आवाज तथा संसदमा उठेका सत्यतथ्यहरु कुराहरुलाई जनता माझ पु¥याउन आग्रह गरेकी छिन् ।

समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष केपी घिमिरे, नेपाल पत्रकार महासंघका दाङ जिल्ला सहसचिव दशरथ घिमिरे र नेपाल टेलिभिजनका प्रतिनिधी हरिस ढकाल लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए भने अन्य पत्रकारहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा प्रदेश सचिव दुर्लभ कुमार पुनले सहजीकरण गरेको कार्यक्रममा स्वागत समाजका सदस्य टोपराज शर्माले गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका कोषाध्यक्ष लक्षण पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे