लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीकाे सचिवालय विस्तार, प्रेस संयोजकमा टीका बस्नेत नियुक्त



भालुवाङ १८ माघ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सचिवालय विस्तार गरेका छन्। उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन्।

प्रेस संयोजकमा टीका बस्नेत नियुक्त भएका छन्। प्रेस चौतारीका केन्द्रीय सदस्य बस्नेत दाङ निवासी हुन्। यस्तै, मुख्यमन्त्रीको सचिावलयमा रुपन्देहीका अमृत गिरी र दाङका पुष्पराज अधिकारीलाई नियुक्त गरिएको छ। यस्तै कम्प्युटर अपरेटरमा दाङका विपिन केसीलाई पनि नियुक्त गरेका छन्। यस अघि गिरीले स्वकीय सचिवमा कृष्ण कुमाललाई नियुक्त गरेका थिए।

मुख्यमन्त्री गिरीले मुख्यमन्त्री र मुख्यमन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐन २०७५ को दफा १० बमोजिम सचिवालयमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे