राजधानी व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले आज सरोकारवाला निकाय संग छलफल गर्दै



राजधानी व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले आज सरोकारवाला निकाय संग छलफल गर्दै

भालुवाङ ६ माघ । राजधानी व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले आज सरोकारवाला निकाय संग छलफल गर्दैछ । मन्त्रालयको कार्यालय व्यवस्थापन र अन्य सरोकारको बिषयमा छलफल गर्ने योजना सहित राजधानी क्षेत्रका सराेकारवाला निकायहरू संग छलफल गर्न लागेकाे हाे ।

सहज, सरल तथा छिटाेछरिताे तरिकाले राजधानी व्यवस्थापनलाई पूर्णता दिन सरकारले तयारी अगाडी बढाएकाेले पहिलाे चरणमा सराेकारवाला निकायहरू संग छलफल गर्न थालिएकाे नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भूमिश्वर ढकालले जानकारी दिए ।

जनताहरूकाे प्रत्यक्ष सराेकार राख्ने कार्यालयहरूमा मन्त्रालय राख्दा नागरिकहरूलाइ सेवा लिन समस्या भएकाे भन्दै सार्वजनिक तथा सरकारी अन्य भवनको खोजी गर्ने काम भइरहेकाे समेत उपनेता ढकालले जानकारी दिए ।

जसअन्तर्गत १३ मन्त्रालय मध्ये ६ वटा मन्त्रालय प्रदेश राजधानी परिसरमा राखिएकाे छ, भने बाँकी मन्त्रालय पालिका र वडा कार्यालयमा स्थापना गरिएको छ । वडा कार्यालयमा रहेका मन्त्रालयहरूलाई नयाँ भवनको खोजी गरेर स्थापना गर्ने तयारी समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे