गढवा र लमहीमा लैगिक हिंसा बिरुद्धको अभियान सुरु



गढवा र लमहीमा लैगिक हिंसा बिरुद्धको अभियान सुरु

शिबराज पन्थी/ श्रवण बस्नेत, गढवा १० मंसिर ।

गढवा गाउँपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम बुधवार गढवा बजारमा ¥याली प्रदर्शन सहित कोणसभा गरेर उद्घाटन गरेको छ । कोभिड–१९ बाट बिशेष सतर्कताका साथ गढवा गाउँपालिकाको प्राङ्गणबाट सुरु भएको प्लेकार्ड सहितको ¥यालीले गढवा बजार परिक्रमा गरि इलाका प्रहरी कार्यालयको बाहिरतर्फ कोणसभा गरि १६ दिने अभियानको शुभारम्भ गरिएको हो ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गढवा क्षेत्रमा कृयाशिल एक दर्जन बढी सामाजिक संघ संस्थाहरुको समन्वय र सहकार्य रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले लिंगका आधारमा गरिने भेदभाव अन्त्य गर्न स्थानीय सरकारले सरोकारवालाहरसंग समनवय गरि १६ दिने अभियानको थालनी गरिएको बताउदै अभियानलाइृ पिछडिएको समुदाय सम्म पु¥याउनुपर्ने बताए ।

लैगिक हिंसाको चेतना महिला तथा पुरुषहरु सबैमा जागरुक हुनुपर्ने र महिलाले महिला माथि गर्ने हिंसाको पनि अन्त्य गर्न सरोकारवाला लाग्नुपर्ने अध्यक्ष यादवले बताए । कार्यक्रममा बोल्दै महिला माथी सरकारी कार्यालयहरुमा पनि समान ब्यबहार गरिएमा हिंसा कम हुने बताए ।

सो अवसरमा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्ट, रेडक्रसका देबी प्याकुरेल, महिला अधिकारकर्मी रेखा थापा र मधा न्योपाने लगायतले लैंगिक हिंसा न्यूनीकरणमा महिला पुरुष दुबैको भूमिका बराबर भएमा मात्र हिंसामुक्त समाज निर्माण हुन सक्ने बताएका थिए ।

गढवा गाउँपालिकाले मंसिर ११ गते देखि २० गतेसम्म सबै वडाका दुर्गम बस्तीहरुमा पुग्ने गरी सचेतना कार्यक्रम संचालन गर्ने कार्यक्रम तय गरेको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीले जानकारी दिए । कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी जया बिश्वकर्माले गरेका थिए ।

लमहीमा हिंसा बिरुद्धको अभियान सुरु

घरबाटै नै महिला माथि हिंसा भइरहेकोले स्वयम् महिलाहरु जागरुक भएर लागे मात्रै महिला माथि हुने सबै खाले हिंसा अन्त्य हुने आज लमहीमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन ।


लमही नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा लमहीको आयोजनामा आयोजित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको लमहीमा उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो भनाई राखेका हुन् । साथै उनीहरुले आफुमा हिंसा भएमा सहेर बस्ने प्रवृद्धि अहिले पनि हावी भइरहेकाले जुन सुकै हिंसा सहेर नबस्न पनि सबै महिलाहरुलाई उनीहरुले अनुरोध गरेका थिए ।

साथै उनीहरुले कुनै पनि हिंसा भइहालेमा तुरुन्तै नगरपालिकाको न्यायिक समितिमा उजुरी दिन पनि आगह गरेका थिए । पछिल्लो समयमा महिला माथि हुने हिंसाका घटनाहरु बढिरहेको भन्दै त्यसका बिरुद्धमा सशक्तरुपमा आवाज उठाउनु पर्ने भनाई पनि राखेका थिए । त्यस्तै उनीहरुले महिला माथि हुने सबै खाले हिंसा अन्त्य गर्न १६ दिने अभियान संचालन गरेर मात्रै नहुने भन्दै ३६५ दिन नै यस्ता कार्यक्रम गर्न सके अझ फलदायी हुने बताएका थिए ।

अभियानकी संयोजक तथा लमही नगरपालिकाकी उपप्रमुख देबका बेल्वासेको अध्यक्षमामा भएको उद्घाटन कार्यक्रममा संगिता सुवेदी, मनकामना महिला सहकारी संस्थाकी जानका पाण्डे ,पत्रकार दशरथ घिमिरे लगायतले बोलेका थिए । तेजा गैरेले संचालन गरेकोे कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी निरक्षक हस्तकुमारी बिकले गरेका थिए ।

कार्यक्रम अन्र्तगत भोली ११ गते देखि २५ गते सम्म ९ वटै वडाहरुमा जनचेतना मुलक माइकिङ गरेर नागरिकहरुलाई सचेत गराउने कार्यक्रम रहेको महिला बालबालिका कार्यालयकी प्रमुख शान्ता शर्माले जानकारी दिएकी छिन् । यस बर्ष कोभिड १९ का कारण औपचारिक कार्यक्रम नगरी संचारमाध्यमलाई अधिकम प्रयोग गरेर मनाउने कार्यक्रम तय भएको छ । जुन भोली ११ गते देखि सुरु भएर अन्तिम दिन मंसिर २५ गते अभियानको औपचारिक कार्यक्रम गरेर समापन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे