लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत, नेकपा एसद्वारा पनि पक्षमा मतदान



भालुवाङ ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा(१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम(४) बमोजिम बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिए । ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री गिरीलाई एमालेकाे २९, माओवादी केन्द्रकाे ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीकाे ४–४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा एकीकृत समाववादी १ र २ स्वतन्त्र सांसदहरुको सहित ५७ जनाले पक्षमा मतदान गेका छन् । नेकपा माओवादी स‌ंसदीय दलका नेता जाेखबहादुर महराकाे आमाकाे निधन भएपछि उनी उपस्थीत भएनन् । सभामुख पनि मतदानमा सहभागी भएनन् । जसले गर्दा विश्वासकाे मत ५७ र विपक्षमा २८ मत खस्याे ।

सरकार गठनमा पक्षमा नरहेकाे एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती अधिकारीले विश्वासकाे मत भने मुख्यमन्त्री लिला गिरीलाइ दिइन । छलफल र समाझदारीका आधारमा उनले विश्वासकाे मत दिएकी हुन्।

मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली कांग्रेसको २७ र राष्ट्रिय जनमोर्चाको एक गरी विपक्षमा २८ जनाले मतदान गरेका छन् ।

मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्तमानेमा विश्वासको मत का लागी प्रदेश सभा समक्ष प्रस्ताव राख्ने सक्ने प्राब्धान संविधानमा छ । मुख्यमन्त्री लिला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रदेशसभामा कुल सदस्य : ८७

उपस्थिति संख्या : ८६

मतदानमा सहभागी : ८५

पक्षमा : ५७

विपक्षमा : २८

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे