मधेस प्रदेशमा आज बलिदानी दिवस, प्रदेशभर सार्वजनिक बिदा



काठमाण्डौ ५ माघ । मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।

आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे