लमहीमा माघ १२ देखि २५ गते सम्म व्यापारिक महोत्सव सुरु हुँदै



लमहीमा माघ १२ देखि २५ गते सम्म व्यापारिक महोत्सव सुरु हुँदै

लमही ४ माघ । दाङ देउखुरीको लमहीमा छैँठौ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुन लागेको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको तयारी थालेको छ ।

माघ १२ गते देखी २५ गते सम्म अजम्बरी सामुदायिक वनको जैविक विविधता पार्क पछाडी महोत्सब शुरु हुन लागेको हो । बुधवार लमहीमा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवका बारेमा जानकारी गराइएको हो । पछिल्लो समय खस्किदो व्यापारलाई उकास्न र पर्यटकीय क्षेत्रलाई परिचित गराउन महोत्सबको आयोजना गर्न लागिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।

महोत्सवमा विभिन्न जातजाती तथा भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । त्यस्तै महोत्सबमा कृषिका स्टल, व्यापारिक स्टल रहने अध्यक्ष खनालले जानकारी दिएका छन् । स्टल बुकिङ्ग खुल्ला समेत गरि सकिएको छ । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे