देउखुरीकाे माैरीघाटबाट जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ



भालुवाङ ४ माघ । जबरजस्ती करणी कसुरमा पाँच बर्ष कैद फैसला भएका व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेकाे छ ।

दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर बस्ने ग्रिसमान चौधरीलाई जबरजस्ती करणी सम्बन्धि कुसर मुद्धामा पुनराबेदन अदालत तुल्सीपुरले २०६२ असार ५ गतेको फैसला अनुसार ५ बर्ष कैद तोकिएको थियाे । तर, उनी फरहार थिए ।

आफनै घरमा लुकीछिपी बसि रहेको अबस्थामा इलाका प्रहरी कार्यालय भालुवाङ पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाईएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनबिकम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे