ऐरावती आदर्श बहुमुखी क्याम्पसमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार



ऐरावती आदर्श बहुमुखी क्याम्पसमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार

अरुण पौडेल, लालमटिया १० मंसिर ।

हिन्दु जागरण नेपाल विद्यार्थी संघले बुधबार दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसमा हिन्दू जागरण विद्यार्थी संघको संगठन विस्तार गरेको छ ।

सम्पुर्ण धर्म,संस्कार ,संस्कृति तथा राष्ट्र प्रेमी विद्यार्थीहरु एकजुट होऔं भन्ने अभियानका साथ हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियानमा हिन्दु जागरण नेपाल विद्यार्थी संघको संगठन बिस्तार अभियान अन्तर्गत तुलसीराम भटराईको अध्यक्षतामा ४४ सदस्यीय इकाई कमिटि गठन गरेको हो ।

जसको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा निरा बराल, सहसचिवमा सुसिला चौधरी, सरला श्रेष्ठ र कोषाध्यक्षमा अरूण पौडेल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । संगठन विस्तारको सहजीकरण हिन्दु जागरण नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नविन गिरी र केन्द्रीय सचिव बिनोद बेल्बासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे