लुम्बिनी प्रदेशमा उपसभामुखबाट पछि हट्याे नागरिक उन्मुक्ति, राप्रपा उम्मेदवारलाई मतदान गर्ने



लुम्बिनी प्रदेशमा उपसभामुखबाट पछि हट्याे नागरिक उन्मुक्ति, राप्रपा उम्मेदवारलाई मतदान गर्ने

भालुवाङ ३ माघ ।  लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुख चयन आज हुने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाकाे बैठकले सभामुख र उपसभामुख चयन गर्ने भनिएपनि बैठक अहिले सम्म पनि शुरू हुन सकेकाे छैन ।

सत्तारूढ गठबन्धनसँग असन्तुष्टि हुँदै उपसभामुखमा मनाेनयन दर्ता गरेकाे नागरिक उन्मुक्ति पार्टी पछि हटेकाे छ । आफ्नाे उम्मेदवार निर्मलादेवी चाैधरीलाई ‘व्याक’ गरेर सत्तारुढ दलकाे तर्फबाट उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकि मेनुका केसी खाँडलाइ मतदान गर्ने भएको हाे ।

‘हाम्रा केही मागहरू थिए । ती मागहरू सम्बाेधन गर्न दलहरूकाे बीचमा समझदारी बन्याे ’संसदीय दलका नेता धर्म चाैधरीले भने,’हामीले उपसभामुखमा राप्रपाका उम्मेदवारलाई मतदान गर्छाैँ, उनले भने ।’ सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीकाे एकल मनाेनयन दर्ता भएको थियाे ।
उपसभामुखमा भने तीन जनाकाे मनाेनयन परेकाे थियाे । नागरिक उन्मुक्तिले उपसभामुखबाट व्याक हुने निर्णय गरेपछि राप्रपाकी मेनुका केसी खाँड र नेपाली कांग्रेसका विश्व प्रेम पाठककाे मनाेनयन छ । तर, नेपाली कांग्रेसबाट उप-सभामुखमा मनाेनयन दिएका पाठककाे मनाेनयन खारेज हुन सक्ने संसद सचिवालय स्राेतले जनाएको छ ।

संविधानमा सभामुख र उपसभामुख मध्ये एक जना महिला अनिवार्य हुने भनेर उल्लेख छ । तर, नेपाली कांग्रेसले उपसभामुखमा मात्रै मनाेनयन दिएकाे हाे । सभामुखमा एक जना पुरुषकाे मात्रै मनाेनयन परेकाे अवस्थामा उपसभामुखमा परेकाे पुरुषकाे मनाेनयन खारेज हुन सक्ने देखिएकाे छ ।’ हामीले यस बारेमा पत्राचार गरेर जानकारी दिँदै छाैँ,’ प्रदेश सचिव दुर्लभकुमार पुनले भने ।,’संविधानसँग नमिल्दाे छ । यसबारेमा निर्णय लिन पत्राचार गर्छाैँ, सचिव पुनले भने ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे