देउखुरीकाे लालमटियामा दुई माेटरसाइकल एक आपसमा ठाेक्किदा ३ जना घाइते



देउखुरीकाे लालमटियामा दुई माेटरसाइकल एक आपसमा ठाेक्किदा ३ जना घाइते

भालुवाङ २ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ कालिकाचोक लालमटियामा २ माेटरसाइकल एक आपसमा ठाेक्किदा भएको दुर्घटनामा परि ३ जना घाइते भएका छन् । पश्चिमबाट पुर्व आउँदै गरेको लु ५८ प २०६१ नम्बरको माेटरसाइकल र पुर्वबाट पश्चिम् जाँदै गरेकाे रा ५ प ७९७२ नम्बरकाे माेटरसाइकल  साेमवार बेलुका साढे ६ बजेकाे समयमा एक आपसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परि प्युठान सरुमारानी गाउँपालिका दर्भानका  ३० वर्षिय माेटरसाइकल चालक शुभास सुनार र सोही ठाउँका  २५ वर्षिय  सबिन सुनार रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । यस्तै अर्का चालक राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षिय रणबहादुर दर्लामी रहेका छन् ।

घाइते तीनै जनालाई भालुबाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते शुभास र सबिनको दायाँ खुट्टा भाँचिएको छ भने रणबहादुर दर्लामीको हात भाँचिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे