दाङमा बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु



दाङमा बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

दाङ २ माघ । दाङमा सोमबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ ! सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोही ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जनाएका छन् ! मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे