देउखुरीकाे लमहीमा आगलागी हुँदा एक गोठ जलेर नष्ट, ३ लाख बढी क्षेती



लमही २ माघ । देउखुृरीकाे लमहीमा एक गाेठमा आगलागी हुँदा ३ लाखभन्दा बढीको क्षेती भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा गए राती करिब साढे १२ बजे आगलागी हुँदा एकगोठ जलेर पुर्णरुपमा नष्ट भएको छ ।

सुतिरहेको अबस्थामा रबिलाल चौधरीको गोठमा आगलागी भएको हो । आगलागी बाट भैँसीको पाडा, अन्नपात, लत्ताकपडा, गोठमा राखिएका काठ सबै जलेर नष्ट भएको पिडित चौधरीले बताए ।

सुतेको अबस्थामा छिमेकीले आगो दन्केको देखेपछी स्थानियलाई खबर गरेका थिए । स्थानिय, प्रहरी र दम्कलको सहायताले आगो नियन्तरणमा लिईएको हो ।

आगो कसरी लाग्यो भन्ने एक्किन हुन सकेन । छिमेकमा रहेका फुसका छाना भएका अन्य घरहरु आगलागी हुनबाट जोगिएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे