अर्घाखाँचीको सन्धिखर्कमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल स्थापना



अर्घाखाँचीको सन्धिखर्कमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल स्थापना

अर्घाखाँची २८ पुस । अर्घाखाँचीको सन्धिखर्कमा घोचेखोलामा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ ।  सन्धिखर्क नगरपालिका २ घोचेखोलाको शिवालय क्षेत्रमा रहेको शिव मन्दिरमा ४७ फिट अग्लो त्रिशूल आज बिहीवार वैदिक विधिपूर्वक पुजाआजा गरी स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यले त्रिशूल स्थापना गरिएको स्थानीय रामु केसीले बताए । सन्धिखर्कबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस शिवालय क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ ।  यसअघि दाङमा साढे ४१ फिट अग्लो र पाल्पाको भैरवनाथ मन्दिरमा ३५ फिट अग्लो त्रिशूल स्थापना भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे