अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद ३९ लाख जरिवाना



अख्तियारका पूर्वआयुक्त पाठकलाई ३ वर्ष कैद ३९ लाख जरिवाना

काठमाडौँ २८ पुस । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष तीन महिना कैद सजाय सुनाएको छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाउन कलेज सञ्चालक लम्बोदर न्यौपानेसँग घुस लिएको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

योगीका अनुसार पाठकलाई ३९ लाख जरिवाना पनि गरिएको छ। उनलाई भ्रष्टाचार गरेको अभियोगमा तीन वर्ष र अख्यितारको जिम्मेवारीमा रहेको हुँदा थप तीन महिना सजाय गरेको हो ।

तत्कालीन आयुक्त पाठक र न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइदिने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोग पुष्टि भएको छ ।

त्यस्तै, विशेषले न्यौपानेलाई घुस खुवाउने अभियोग गरेको ठहर गर्दै तीन वर्ष कैद र ३९ लाख रुपैयाँ नै जरिवानाको सजाय सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे