थारूहरूको संस्कार, संस्कृति संरक्षण गर्न सके विदेशी पर्यटक भित्राउन सकिन्छ : चाैधरी



थारूहरूको संस्कार, संस्कृति संरक्षण गर्न सके विदेशी पर्यटक भित्राउन सकिन्छ : चाैधरी

लमही २७ पुस । नेकपा एमाले दाङ क्षेत्र नम्बर १ ले बुधबार दाङ देउखुरीको लमहीमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्रिय संयोजक  सहजराम यादवको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय पोलिट व्युरो सदस्य शान्ता चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य चाैधरीले थारू समुदायको कला, संस्कृति, भेषभुसा तथा पहिचानका लागि सवैले ध्यान दिनुपर्ने बताएकी छिन् । थारू समुदायको आफ्नाे कला, संस्कृति, पहिचान, भेषभुसा भएकोले ती  संस्कार, संस्कृतिको संरक्षण गर्न सके विदेशी पर्यटक समेत तान्न सकिने बताएकी छिन् ।त्यस्तै उनले माघी आउने बेला थारू समुदायका महिला पुरूषहरूले कसको घरमा कमैया कम्लहरी बस्ने भन्ने चिन्ता उनीहरूमा हुने गरेको  र जमिनदारहरूले कसलाई कमैया, कम्लहर राख्ने भन्ने सोचाइ राख्ने गर्थे तर आज त्यो इतिहास भइसकेको र कानुनी रूपमा कमैया, कम्लहरी प्रथाको अन्त्य गरि थारू समुदायले स्वतन्त्र पुर्वक माघी पर्व मनाउन पाएको स्मरण गराइन् । राजनीतिक परिवर्तन सँगै यति बेला थारू समुदायमा पनि परिवर्तन आफ्नोले पहिला मनाइने माघी र अहिले मनाउने माघीमा फरक आएको पोलिटव्युरो सदस्य चाैधरीले बताइन् ।

त्यस्तै उनले माघी पर्व थारू समुदायको सवै भन्दा ठुलो पर्व भएकाले राज्यले पनि थारूको पहिचानका लागि आवश्यक कार्यक्रम ल्याउनुपर्ने बताएका छिन् ।  सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य सीता चाैधरी, केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  उपसंयोजक लक्ष्मी शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव शिवराज गिरीले गरेका थिए । यसै बीच कार्यक्रममा साँस्कृतिक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियोे । जसमा राजपुरको थारू नाच प्रथम, लमही ६ देउपुरको थारू नाच दोस्रो र राजपुरको झुम्रा नाचले तेस्रो स्थान प्राप्त गरेका थिए ।  विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियोे । साँस्कृतिक कार्यक्रमको सञ्चालन गायक तथा मोडेल अनुप बुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे