लालमटियामा विधुत सर्ट भएर भान्सा सहितको गोठमा आगलागी, करिव २५ हजार बराबरको क्षति



लालमटियामा विधुत सर्ट भएर भान्सा सहितको गोठमा आगलागी, करिव २५ हजार बराबरको क्षति

लालमटिया २४ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा एक भान्सा सहितको गोठमा आगलागी भएको छ ।

लालमटिया निवासी टुकबहादुर गुरूङको भान्सा सहितको गोठमा आइतबार दिउँसो करिव ३:५५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा ल्याएका थिए । आगलागीबाट काठ र पराल गरि अन्दाजी २०/२५ हजार बराबरको क्षति भएको पिडित गुरूङले जानकारी दिएका छन् । आगलागीकाे एकिन विवरण आउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे