नदीजन्य पदार्थ उत्खननको अनुमति रद्द गर्न वातावरण पत्रकार मञ्चको माग
भालुवाङ २४ पुस । दाङका ३ वटा पालिकालाई नदिजन्य पदार्थ उत्खननको अनुमति दिएको प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वातावरण संरक्षण पत्रकार मञ्चले आइतबार राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारहरू मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नदिजन्य पदार्थ उत्खननको अनुमति रद्द गर्न माग गरेको छ ।
केही दिन अघि नयाँ युगबोध राष्ट्रिय दैनिक सहितका विभिन्न सञ्चार माध्यममा “नदिजन्य पदार्थ उत्खनन” तिन पालिकाले पाए अनुमती भन्ने समाचार प्रति वातावरण संरक्षण पत्रकार मञ्चले गम्भिर ध्यानाकर्षण जनाउँदै राप्ती, गढवा र राजपुर गाउँपालिकाले राप्ती नदि र सहायक नदि घाटहरुबाट नदिजन्य पदार्थ उत्खनन गर्न आइइई गरी सरकारको राष्ट्रपती चुरे संरक्षण कार्यक्रम कार्यन्वयन ईकाइहरु र जिल्ला समन्वय समिति दाङबाट समेत स्वीकृती प्राप्त गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
ती पालिकाहरुले नदिजन्य पदार्थहरुको उत्खनन अनुमती पाएका स्थानहरु सम्बेदनशील चुरे क्षेत्रबाट बग्ने राप्ती नदि र सहायक नदिहरुको बगर घाटहरु घना मानवबस्ती प्रगन्ना सिंचाई नहर अन्तरगत बराबट्टी क्यानल, सोनपुर चैलाई सिंचाई नहर, खरुरिया भानपुर मझेरिया सिचाई नहर प्रणालिका मुख्य मुहानक्षेत्र तथा निर्माणाधिन राट्रिय गौरवको बड्कापब सिचाई नहरको मुख्य मुहान क्षेत्र र माररी रसरी खोला, दगालिछाप कुलो, रङ्गसिङ सिंचाई नहर प्रालि, गुरुङ खोला मुग्रेठा खोला र अर्जुन खोला लगतका खोलानदिहरुका सिचाई नहर प्रणालीका मुहानहरु भने पुर्व पश्चिम महेन्द्र राजमार्गको भालुवाङमा रहेको पक्की पुल, सिसहनिया र महदेवा जोड्ने भखरै निर्माण भएको नेपालकै दोस्रो लामो पक्की पुल, बलरामपुर र गढवा जोड्ने राप्ती नदिको पक्की पुल, सदवरियाको हस्नापुर र बेला जोड्ने राप्ती नदिको पक्की पुल, सतवरियाको धनपुरवा र राजपुर गाउँपालिकाको कालिपुरुवा जोड्ने राप्ती नदिको पक्की पुल, सतवरियाको जहरे र राजपुरको जंग्रहवा जोड्ने राप्ती नदिको पक्की पुल तथा खुरुरिया बडहरा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल, भालुवाङ लाहापे जोड्ने झोलुङ्गे पुल, लमही मटेरिया जोड्ने झोलुङ्गे पुल, जहरे जग्रहवा जोड्ने झोलुङ्गे पुल, तेल्ले र लैबरुवा जोड्ने झोलुङ्गे पुल तथा हात्तीखाल भिमबाध जोड्ने झोलुङ्गे पुल, लगाएत नेपाल सरकारको अरबौ लागतमा बनेका असंख्य पक्की तथा झोलुङ्गे पुलहरु अत्यन्त जोखिममा पर्ने, नदिको सतह भास्सिएर हजारौ हेक्टर क्षेत्रफल खेतवारीमा पानी नचडी ति कृषियोग्य जमिन बाँझो भई संकट निम्तीने बताएकाे छ ।
नदीजन्य पदार्थ उत्खननले राप्ती नदि तथा सहायक नदिहरुको सतह खलबलिदा भु-क्षेय भई मानव बस्ति संकटमा पर्ने करोडौ वर्षदेखी आफ्नो बासस्थान रहेको जलचर तथा उभएचर प्राणीको बासस्थान नस्टभई प्रकृतिको जिवनचक्र नै समाप्त हुने प्रचुर मात्रमा पिउने पानी र खुला हावाका कारण र प्रसस्त आहार विहारका कारण र वन जंगलका कारण चुरे पहाडको काखमा अवस्थित देउखुरी उपत्यका मा युग युग देखि बिचरण गरिरहेका विभिन्न प्रजातिका बन्यजन्तु, चराचुरुङ्गी, साईबेरियन चरा लगाएत लोपन्मुख प्रकृतिको कुचिकार गिद्ध जस्ता प्राणी संकटमा पर्ने, नदिको सतह भासिएर पानी पातालिन नै सुख्खा खडेरी भै, मरुभुमीमा परिणत हुने खतरा रहेको बताइएको छ ।
त्यसका साथै राप्ती नदि र सहायक नदिहरुको तटिय क्षेत्रमा बस्ने हिन्दु मुस्लिम बौद्ध सिख ईसाई धर्मालम्बी नागरिकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु नष्टहुने कृषि पशुपालन, मत्स्य पालन जस्ता व्यवसायमा नकारात्मक असर पर्ने गरी मावन जिवन नै संकटमा पर्ने, राप्ती नदि तथा सहायक नदिहरुमा बनाईएका राज्यका अरोबा लगानिका पक्की तटबन्ध सडक संजाल समेतमा ठूलो क्षेत्री हुने मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने आदिका कारण त्यस प्रकारका नदिजन्य पदार्थ उत्खनन गर्नु गराउनु अत्यन्तै अवैज्ञानिक, अव्यवहारिक विवेकहिन कार्य भएकोले तथा आन्तरिक राजस्व बढाउने र विकास गर्ने नाममा जिम्मेवार जनप्रतिनिधि सरकारका जिम्मेवार ओहदामा पुगेका कर्मचारी समाजमा सत्ता, शक्ति र धनको आडमा सत्वलाईरहेका केही व्यवसायिहरुको समेत मिलोमतोमा नदिजन्य पदार्थको दोहन गर्ने योजना घातक हुने चेतावनी दिदै उक्त अनुमती अविलम्ब फिर्ता गर्न सम्बन्धित दाङ जिल्ला समन्वय समिति, सम्बन्धित सरोकारवाला निकायहरुलाई मञ्चले आग्रह गरेको छ ।
यदी सो कार्य नरोके देउखुरीबासी आम किसान, सर्वसाधरण, नागरिक समाज, वातावरण प्रेमी, संरक्षण प्रेमी, विभिन्न राजनितिक दलका नेता कार्यकर्ता, सामुदायिक वनका उपभोक्ता, पत्रकार, वकिल व्यापारी बुद्धिजिवी कर्मचारी विद्यार्थी सबैमा संघर्षमा उत्रन आवश्यक देखिन्छ भने यसबाट हुने क्षेतीको स्वम् ति पालिका भित्रका जिम्मेवार जनप्रतिनिधि र सरोकारवाला निकाय र जिल्ला समन्वय समिति दाङ हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, महासचिव ओमप्रकाश गुप्ता, सचिव बलराम शाही, कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी, लोकमणी भुसाल, रेडियो राप्तीका समाचारदाता लालमणी भुसाल, कालिका सामुदायिक वनका सचिव शिला पाैडेल, समाजसेवी तथा बुद्धिजीवी गुरूप्रसाद ज्ञवाली, यमबहादुर रोका, पदम रिजाल लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सञ्चालन मञ्चका प्रवक्ता महेश रिजालले गरेका थिए ।