भालुवाङ-प्युठान-रोल्पा सडकखण्ड बिहान ८ देखि ११ सम्म र बेलुकी ५ देखी ९ बजेसम्म मात्र खुल्ने



भालुवाङ-प्युठान-रोल्पा सडकखण्ड बिहान ८ देखि ११ सम्म र बेलुकी ५ देखी ९ बजेसम्म मात्र खुल्ने

भालुवाङ २१ पुस । दाङकाे भालुवाङ-प्युठान-रोल्पा सडक खण्ड निर्माण शुरु भए देखि दैनिक बिहान ८ बजेदेखी ११ बजेसम्म र बेलुका ५ बजे देखी ९ बजे भित्रको समयमा मात्र यातायात संचालन गर्न दिइने भएकाे छ ।

प्युठानको चकचके देखि बड्डाँडाको बीचमा सडक मर्मतका लागि डिस्टप हुने भन्दै  निमार्ण कार्य शुरु भए देखि मर्मत कार्य नसकुन्जेल सम्म निर्धारित समय अनुसार मात्र सडक खुल्ला हुने सडक डिभिजन कार्यलय प्युठानका कार्यालय प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पामा सुरक्षाका प्रमुख, जिल्लामा सञ्चालित यातायात व्यावसायि समितीको पदाधिकारी तथा प्रतिनिधी लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको समेत उपस्थिति यस्तो निर्णय गरिएकाे हो ।

सडक बन्द अवधीमा एम्बुलेन्स सववहान र सुरक्षा सम्बन्धी गाडीलाई प्राथमित्तामा राखेर आवत, जावत गर्न व्यवस्था मिलाउने समेत निर्णय भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे