चर्को बैंक व्याज घटाउन माग गर्दै भालुवाङमा बैंकका प्रमुखहरू सँग छलफल



भालुवाङ १८ पुस । चर्को बैंक व्याज घटाउन माग गर्दै उद्योग वाणिज्य संघले थालनी गरेको आन्दोलन जारी रहेको छ ।

यसै क्रममा सोमबार दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा राप्ती उद्योग वाणिज्य संघले आफ्नो मातहत क्षेत्रका बैंकका प्रमुखहरू सँग छलफल गरेको छ । छलफलका क्रममा बैंकका प्रमुखहरूले व्यापारीका मागहरू केन्द्रमा पठाउने बताएका छन् ।

त्यस क्रममा व्यापारीहरूले आफ्ना समस्याहरू समेत राखेका थिए । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कुमारी बैंक भालुवाङका शाखा प्रमुख सरोज बस्नेत, साग्रिला बैंक भालुवाङका शाखा प्रमुख प्रकाश तमाङ, सिभिल बैंक लालमटियाका शाखा प्रमुख सन्तोष कुवर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लालमटियाका शाखा प्रमुख पुष्प गुरूङ, ज्योती विकास बैंक माैरीघाटका शाखा प्रमुख प्रकाश जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए । नेपाल राष्ट्र बैंकले कर्जा नियन्त्रण तथा ब्याजदरमा गरेको उच्च वृद्धिको विरोधमा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे