देउखुरीकाे सिरिचौर खानेपानी समिती मसुरियालाई सुरक्षित खानेपानी सामुदाय घोषणा



देउखुरीकाे सिरिचौर खानेपानी समिती मसुरियालाई सुरक्षित खानेपानी सामुदाय घोषणा

लालमटिया १६ पुस । देउखुरीकाे  सिरिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई सुरक्षित खानेपानी सामुदाय घोषणा गरिएकाे छ । दाङ-देउखुरीकाे  राप्ती गाउँपालिका-३, मसुरियामा रहेको सिरिचौर खानेपानीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सुरक्षित खानेपानीयुक्त सामुदाय घोषणा भएको हो ।

विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका एक हजार ४० घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरी सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

समितीका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी उपाध्यक्ष चौधरीले सुरक्षित खानेपानी घोषणा गर्दै सधैका लागि ढुक्क भएर नबस्न र समय-समयमा खानेपानीकाे अवस्था चेकजाच गर्न आग्रह गरेकी छिन् ।

समितीका उपाध्यक्ष हरी भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा फेडवासनका केन्द्रिय सदस्य गौतम बुद्ध लामा, राप्ती गाउँपालिका निमित्त प्रसासकिय अधिकृत जिबराज पौडेल, फेडवासनका जिल्ला सदस्य गुरुप्रसाद ज्ञवाली,  राप्ती गाउँपालिका वडा नम्बर ३ की सदस्य चम्फा भुसाल र भालुबाङ खानेपानी तथा सरसफाई समितीका अध्यक्ष हस्तबहादुर गुरुङ लगायतका बक्त्ताले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन समितीका सल्लाहकार श्यामबहादुर गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे