कोभिड-१९ बिरुद्ध सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय दाङद्धारा सबैमा अनुराेध



कोभिड-१९ बिरुद्ध सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालय दाङद्धारा सबैमा अनुराेध

दाङ १६ पुस । जिल्ला प्रशासन कार्यालय दाङले कोभिड-१९ विरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ । शनिबार एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण नेपालमा कम हुँदै गएपनि विश्वब्यापी रुपमा छिमेकी राष्ट्रसहित केही देशमा संक्रमणको नयाँ भेरियन्ट देखिएको भन्दै यसमा सचेत रहन अनुरोध गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचना जारी गर्दै नयाँ भेरियन्टको असर नेपालमा पनि पर्न सक्ने भन्दै सजक एवं सूसूचित हुन आबश्यक रहेको बताएका छन् । प्रजिअ रेग्मीले जिल्लामा सार्वजनिक यातायातका साधन तथा बढि भिडभाड हुने स्थानहरुमा मास्क तथा स्यानीटाईजरको प्रयोग गर्ने, एक अर्कामा भौतिक दुरी कायम राख्ने, ब्यक्तीगत सरसफाईलगायत आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्न गराउन सबैमा अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे