तुलसीपुरको छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास
तुलसीपुर ८ पुस । दाङको तुलसीपुर १९ छिल्लीकोटमा गुरदेवी मन्दिरको शिलन्यास गरिएको छ । पर्यटकीय एवम धार्मिक स्थल छिल्लीकोट क्षेत्रमा कालिका मालिकाको मन्दिर रहेको छ । वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीले मन्दिरको शिलन्यास गरेका हुन् ।
मन्दिर निर्माण समितिका अध्यक्ष टोपबहादुर विश्वकर्माको अध्यक्षता एवम वडाध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष योगीले मन्दिर निर्माणका क्रममा अपुग बजेटको व्यवस्थापनका साथै मन्दिरसम्म पुग्ने सडक निर्माणमा समेत विशेष ध्यान दिइने बताए ।
प्रतिक्रिया दिनुहोस्