उज्यालो राप्ती अभियान सुरू, भालुवाङ देखि सिंगेखोला सम्म स्मार्ट सडक बत्तीहरू जडान हुँदै



उज्यालो राप्ती अभियान सुरू, भालुवाङ देखि सिंगेखोला सम्म स्मार्ट सडक बत्तीहरू जडान हुँदै

भालुवाङ ४ पुस । दाङको राप्ती गाउँपालिकालाई सडक बत्ती मार्फत उज्यालो बनाउने गरी ‘उज्यालो राप्ती’ अभियानकाे सुरुवात गरिएको छ।

राप्ती गाउँपालिकाले लमही-भालुवाङ सडक खण्डकाे  वडा नं. १ काे भालुवाङ देखि वडा नं.५ काे सिङ्गेखाेला सम्मकाे करिब १५ किलोमिटर सडककाे विभिन्न स्थानहरूमा १ सय ५० भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू जडान गर्ने गरी उज्यालो राप्ती अभियानको काम अघि बढाइएको हाे।

सडक बत्ती जडान गर्नका लागि आर्थिक वर्ष २०७९/८० मा राप्ती गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेकाे पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । पालिकाकाे सहयोग तथा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यलय लमही सँगको सहकार्यमा यो कार्यकाे शुरुआत गरिएको छ।

साेमबार वडा नं.५ काे सिङ्गेखाेला देखि वडा नं.८ काे बिजाैरी सम्म सडक बत्ती जडान गर्ने कार्य सकिएको छ भने केहि दिन भित्रै सम्पूर्ण काम सम्पन्न हुने प्राविधिकहरुले बताएका छन् । सडक बत्ती जडानले गाउँपालिकालाई थप सुरक्षित र सुन्दर बनाउनुका साथै रातीको समयमा हुन सक्ने दुर्घटना, चोरी, लुटपाट जस्ता घटनाबाट बच्न सकिने अध्यक्ष विष्टले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे