अपाङ्ग संघलाई पत्रकार महासंघकाे खाद्यान्न सहयाेग



अपाङ्ग संघलाई पत्रकार महासंघकाे खाद्यान्न सहयाेग

दाङ ३ पुस । नेपाल पत्रकार महासंघकाे ३० औँ स्थापना दिवसकाे अवसरमा सहयाेग हस्तान्तरण गरिएको छ ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङलाई खाद्यान्न सहयाेग गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गाैतम, उपाध्यक्ष सन्ताेष सुवेदी, सह-सचिव दशरथ घिमिरेले नेपाल अपांग संघका निर्वतमान अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, सचिव भुमा चाैधरी, सहसचिव वसन्त भट्टलाई खाद्यान्न हस्तान्तरण गरिएको हाे ।

अपांगता भएका व्यक्तिहरुकाे पुनर्स्थापना र सिकाइ केन्द्रकाे रुपमा विकास गर्न खाेजिएकाे संघका उपाध्यक्ष शरद अधिकारीले बताउनु भयाे । नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महासंघले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गरेकाे बताउनु भयाे । पत्रकार महासंघले स्थापना दिवसकाे अवसरमा पुस १ गते देखि ४ गते सम्म कार्यक्रम गर्न थालेकाे छ । पुस ४ गते तुलसीपुरमा स्थापना दिवस मुल समाराेह आयाेजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे