संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन



संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाण्डाै ३ पुस । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका खेल्न पार्टीबाट निर्वाचित सांसदलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदलाई आज सरकारी निवास बालुवाटारमा बधाईसहित संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा गठबन्धनसहित बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न चाहेको सभापति देउवाले स्पष्ट पार्नुभएको नेता कार्कीको भनाई छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेता कार्कीका अनुसार सत्तारुढ गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ । साथै यो बैठकमा सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे