आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना



आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै ३ पुस । आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताइन् ।

उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आज भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रभावका कारण पूर्वी क्षेत्रका मौसम बदली हुने मौसमविद् महर्जनले जानकारी दिइन् ।

उनका अनुसार यो प्रणालीको असर पूर्वी क्षेत्रमा  धेरै पर्ने सम्भावना छ । अबको केही दिन यो प्रणालीको असर रहने छ । यस्तै, तराईका जिल्लामा आज पनि हुस्सु कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे