राप्ती गाउँपालिका चेम्बर अफ कमर्सद्वारा भालुवाङ राप्ती पुल पारि स्वागत बोर्ड राखियो



राप्ती गाउँपालिका चेम्बर अफ कमर्सद्वारा भालुवाङ राप्ती पुल पारि स्वागत बोर्ड राखियो

भालुवाङ २६ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रलाई सिगार्न ठाउँ- ठाउँमा स्वागत गेट निर्माण तथा बोर्ड स्थापना गर्न थालिएको छ ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरी अन्तरत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही- भालुवाङ सडक खण्डको ठाउँ – विभिन्न ठाउँहरूमा स्वागत गेट निर्माण गर्ने, प्रतिक्षालय रंगरोगन र सरसफाइ गर्ने काम पनि धमाधम भइरहेको छ ।

यसै क्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पनि सोमबार दाङ र अर्घाखाँचीको सिमाना क्षेत्र अर्थात भालुवाङ राप्ती पुल पारि मुख्य राजमार्ग सडक खण्ड छेउमा लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तपाईलाई हार्दिक स्वागत छ लेखिएको बोर्ड स्थापना गरिएको छ ।

राजधानी क्षेत्रमा प्रवेश गर्ने जो कोहीलाई पनि प्रवेश गर्दा राजधानीमा छिरे अनुभव दिलाउन सो बोर्ड स्थापना गरिएको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । बोर्ड स्थापना कार्यक्रममा चेम्बरका प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे, सचिव वसन्त कुवर क्षेत्री, सदस्य तिलक ज्ञवाली, खेमराज अर्याल र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।

विशेष गरि भालुवाङ, लालमटिया, मसुरीया, माैरीघाट, पिपरी, सिसहनियाँ र सिंगेखोला लगायतका क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् । भने प्रतिक्षालयहरू पनि रंगरोगन गरेर लुम्बिनी प्रदेशमा हार्दिक स्वागत छ भनेर लेखिएको छ ।

राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मुल समिति सहित विभिन्न उपसमिति बनाएर यस अघि नै जिम्मेवारी समेत तोकिसकेको छ । यी सवै समितिले धमाधम काम अघि बढाएका छन् । मंसिर २८ गते दिउँसो १२ बजे मुख्यमन्त्री कार्यालय रहेको साविक राप्ती प्राविधिक शिक्षालय भित्र झण्डा उत्तोलन कार्यक्रम हुन लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे