तुलसीपुरको हात्तीखौवामा प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सव सुरु



तुलसीपुरको हात्तीखौवामा प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सव सुरु

तुलसीपुर २५ मंसिर  जलस्रोत उर्जा तथा सिंचाई राज्यमन्त्री अर्जुन श्रेष्ठले विकासका लागि युवाहरुको हिम्मत र प्रोत्साहनलाई अगाडि बढाउनु पर्ने बताएका छन् । युथ अफ तुलसीपुरको आयोजनामा आज देखि तुलसीपुरको हात्तीखौवाका सञ्चालन भएको महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले तुलसीपुरको समग्र विकास लागि मेला महोत्सव लाग्नु आवश्यक रहेको बताए । ‘तपाईहरु यो महोत्सवलाई सहयोग हुने वातावरण बनाउनुस्, महोत्सवलाई सफल पार्ने कार्यक्रम गर्नुस् तब मात्र तुलसीपुरको विकास हुन्छ’ उनले भने ।

मन्त्री श्रेष्ठले विद्यालय, कलेजहरुमा पुस्तकालयको अभाव रहेको बेला पुस्तकालय स्थापनाका लागि महोत्सव लगाएर यस क्षेत्रका विद्यार्थीको फाइदा हुने काम गरेकोमा क्लवप्रति धन्यवाद व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रमको समापन गर्दै युथ अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लाहरे(अरुण लहरे)ले पुस्तकालय निर्माणको लागि सञ्चालन भएको महोत्सवको सबैले अवलोकन गरिदिन आग्रह गरे र महोत्सवको आयव्यय दुई महिनाभित्रै सार्वजनिक गर्ने बताए ।युथ अफ तुलसीपुरले तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने उद्देश्यले महोत्सव लगाएको छ । तुलसीपुरको हात्तीखौवा स्थित मंसिर २५ गतेदेखि पुष ६ गतेसम्म लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे