दाङको तुलसीपुरमा नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने गिरोह पक्राउ



दाङको तुलसीपुरमा नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने गिरोह पक्राउ

दाङ २५ मंसिर । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र बहादुर केसी रहेका छन् ।

अरोपीलाई मंसिर १६ गते घोराही उपमहानगरपालिका–१६ सर्रामा रहेको कोविला रिसोर्टमा पिडीतसंग ठूलो रकम मोलमोलाई गरिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिएका छन् । सो सोमूहले यस अघि डरधम्की देखाएर करिब ४० लाख रुपैयाँ असुल गरिसकेको डिएसपी गौतमले जानकारी दिए।

सो समूहले एक वर्षदेखि ती पुरुषलाई ट्यापमा पारेर करोड बढी रकमको माग गर्दै आएको थियो । पक्राउ परेका विरुद्ध अपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ ।अनुुसन्धानको क्रममा अपराधिक गिरोह अन्य व्यक्तिहरुसंग पनि जोडिएको पाइएको छ । यस अघि नक्कली मायाको नाटक गरेर पुरुषलाई ट्यापमा पारेर मोटो रकम असुल गर्ने तीन वटा समूह पक्राउ परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे