एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाए



काठमाण्डाै २४ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ । आज सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरु यसप्रकार छन् :

आदिवासी पुरुष जनजातितर्फ 
देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई ।
आदिवासी महिला जनजातितर्फ 
नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ 
रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही
खस आर्य महिलातर्फ 
मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल
थारु तर्फ 
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित पुरुष तर्फ
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा,
दलित महिला तर्फ 
रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा

मधेशी पुरुष तर्फ 
गंगाप्रसाद यादव, अमृतलाल राजवंशी

मधेशी महिला तर्फ  
विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया
मुस्लिम तर्फ 
सराज अहमद खान

यसै गरि नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुङ्गो लगाउँदै आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सिफारिस गरेका समानुपातिक सांसदहरु यसप्रकार छन् :

आदिवासी जनजाति
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिताकुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस/आर्य
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसी
१. नागिना यादव
२. मुक्ताकुमारी यादव
३. चन्दा चौधरी
४. संगीता मण्डल
५. निनुकुमारी कर्ण

दलित
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारु
१. कल्पना चौधरी
२. विनाकुमारी थनेत

मुस्लिम
१. जावेदा खातुन् जागा

पुरुष
१.जीवन परियार (दलिततर्फ)
२. विमलेन्द्र निधि (मधेसतर्फ)
३. प्रकाशशरण महत (खस आर्यतर्फ)

कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ ।

यता नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम टुङ्गाे लगाएकाे छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम  सिफारिस गरेको हो ।

माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरु यसप्रकार छन् :

खस/आर्य पुरुष 
हितराज पाण्डे

खसआर्य महिला
विमला सुवेदी

ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा

आदिवासी जनजाति महिला
दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ

मधेसी/महिला 
मिना यादव र उमरावती देवी यादव

दलित पुरुष 
रणेन्द्र बराली

दलित महिला

सुशीला श्रीपाली ठकुरी

थारु महिला

रुपा सोसी चौधरी

मुस्लिम महिला
कल्पना मियाँ

उता राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालकाे संविधान र निर्वाचन आयाेगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको  पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन् :

दलित
१. सन्तोष परियार
२. शिव नेपाली
३. कल्पना रोक्का

आदिवासी–जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी
पिछडिएको वर्ग महिला
१. विनीता कठायत

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे