राप्ती र गढवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन



राप्ती र गढवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन

देउखुरी २४ मंसिर । दाङकाे राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे समापन गरिएकाे छ ।  सभ्य समाजको निर्माण – लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराको साथ मंसिर ९ गते देखि शुरू भएको अभियान शनिबार एक कार्यक्रम बीच दुवै पालिकामा समापन गरिएको हाे ।राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा भएको अभियान समापन कार्यक्रमले १६ दिने अभियानको मात्र समापन गरि पौष महिना देखि मासिक रुपमा कार्ययोजना बनाएर प्रत्येक महिना हिंसा विरुद्धका कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रममा बाेल्दै उपाध्यक्ष चाैधरीले सवै खाले हिंसा न्युनीकरण गर्न घर परिवारबाटै सुरु गर्नुपर्ने बताएकी छिन् ।

कार्यक्रममा नेकपा एमालेका मदन अधिकारी, नेपाली कांग्रेसकी श्यामा रावत नेकपा माओवादी केन्द्रका सुरेश चाैधरी, नेकपा एकीकृत समाजवादीका विष्णु गुरूङ, जनमोर्चाका ठाकुरप्रसाद आचार्य, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख सुजनविक्रम शाह, पत्रकार महेश रिजाल लगायतका वक्ताहरुले बाेलेका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी उप प्रमुख कल्पना खनालकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख  जिवनकुमारी जिसीले गरेकी थिइन् ।

यता गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउपालिका स्थित २० वटा संघ संस्थाको सह आयोजनामा सन्चालन गरिएको अभियान देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता मा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले लैङ्गिक हिंसाको घटना दिनप्रतिदिन बढदै गैरहेको बताउँदै लैङ्गिक हिंसा न्यूनीकरणको लागि गाउँ,घर परिवार संगै आफै बाट सुरु गर्नु पर्ने बताएकी थिइन् ।

त्यसै गरि विशिष्ट अथिति तथा गढवा गाउँपालिकाको प्रमुख अथिति आशिस चौधरीले गढवा गाउँपालिका भित्र कुनै पनि प्रकारको हिंसालाइ बढवा नदिने बताउँदै पालिका भित्र कर्मचारी बाट सेवाग्राही लाइ कुनै पनि प्रकारको हिंसा भएको प्रमाणित भए कडा कार्वाहि गर्ने बताए ।बर्तमान समयमा मानव अधिकार हनन संगै लैङ्गिक हिंसा बढदै गएको बताउँदै गढवा गाउपालिका वडा नं ६ का वडा अध्यक्ष बिरबहादुर आलेले महिला पुरुस समाजको अभिन्न अङ रहेको बताउँदै गाउँघर टोलमा पुरुषको तुलनामा महिलाहरु हिंसाको बढि शिकार हुने गरेको बताउँदै हिंसा रहित समाज निर्माणमा आफु प्रयासरत रहने बताए ।

कार्यक्रममा गढवा गाउँपालिका महिला बालबालिका शाखाकी प्रमुख प्रेरणा चन्द, नेपाल हृदय रोग निवारण केन्द्र दाङका सचिव शंकर पान्डे, मुक्त कम्लहरी बिकाश मन्च दाङकी ज्ञानु थापा, सिपि नेपालकी सिता कुमाल, रिया चौधरी, दक्षिण देउखुरी अधिकार मन्चकी पुजा चौधरी, शान्ति पुनरस्थापना गृह कोइलाबासकी सिमा जिसी, गढवा उद्धोग बाणिज्य संघ गढवाकी सचिव मधा न्यौपाने, नव स्वर्गद्वारी महिला सहकारीकी रेखा थापा, नेपाल इन्द्र फाउन्डेसनका सुभास चौधरी,हेमन्ता गौतम, नेपाल अपङता संरक्षण समाज गढवाका भरत पन्त, ग्रीन भ्याली फ्रेन्ड्स क्लब गढवाका अध्यक्ष सन्जय आले लगायतको सहभागिता रहेको थियो । देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी गिता यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन रेडियो साँझा आवाज गढवाका दुखहरण यादवले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे