ईयूमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेकाे विमानमा पनि माेबाइल फाेन प्रयाेग गर्न पाउने



ईयूमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेकाे विमानमा पनि माेबाइल फाेन प्रयाेग गर्न पाउने

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित ‘फाइभ जी’ प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ ।

याे निर्णयपछि विमानका यात्रुले अब आफ्नो मोबाइललाई ‘फ्लाइट मोड’ मा राखिरहन पर्दैन । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आउँदो वर्षको जुन ३० सम्मको समय दिइएको छ । सम्पूर्ण प्रविधि तयार भएपछि यात्रुले उडिरहेको विमानबाट पनि फोन गर्न र मोबाइल डेटाबाट गीत, सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्नेछन् ।

अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले विमानकाे उचाइ मापानमा समस्या हुने, उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भए पनि युरोपेली सङ्घका देशमा यसले कुनै समस्या नहुने बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे