सर्वाेदयकाे अभिभावक भेलाद्धारा ४ जना अभिभावक छनाेट, पहिलाे बैठकले अध्यक्ष चयन गर्ने



सर्वाेदयकाे अभिभावक भेलाद्धारा ४ जना अभिभावक छनाेट, पहिलाे बैठकले अध्यक्ष चयन गर्ने

सिसहनियाँ १७ मंसिर ।  राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले सामुदायिक विद्यालयहरुकाे पढाइको गुणस्तर सुधार गर्नका लागि पालिकाले जस्तोसुकै सहयाेग गर्न तयार रहेको  बताएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेकाे सर्वाेदय माध्यामिक विद्यालयकाे अभिभावक भेलालाई शनिवार सम्बाेधन गर्दै साे कुरा बताउका हुन् । प्रमुख अथिति समेत रहेका शाखा प्रमुख विकले पालिकाले बालविकास देखि १० कक्षा सम्म निशुल्क शिक्षा कार्यन्यवन गर्ने उदेश्यले शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गरेको जानकारी गराउँदै साे कार्यमा सबैले सहयाेग गर्नु पर्ने समेत बताए ।

त्यस्तै उनले विद्यालयकाे शैक्षिक तथा भाैतिक सुधार गर्नका लागि विद्यालयले कार्ययोजना बनाएर लागु गर्नुपर्ने कुरामा जाेड दिदै कतिपय कुराहरुमा स्थानीय सरकारकाे मुख मात्रै नताक्न समेत आग्रह गरेका छन् । भेलाले विद्यालय व्यवस्थापन समिती गठन गर्नका लागि ४ जना अभिभावक समेत छनाेट गरेको छ। जसमा विर्खबहादुर महरा, मदन अधिकारी, रीता बुढा मगर र विराग्नु चाैधरी रहेका छन् । साे चार जनाकाे पहिलो बैठकले दुई जना सदस्य मनाेनित गरि अध्यक्ष चयन गर्दै समितिलाई पूर्णता दिने बताइएको छ।

साे अवसरमा राेहन चाैधरीकाे संयाेजकत्वमा १५ सदस्य शिक्षक अभिभावक संघ गठन गरेको छ। जसकाे सदस्यहरू पूर्ण बहादुर थापा, रुपकला नेपाली, तारा परियार, संगिता चौधरी, रिश्मनी चौधरी, लिला गाहा मगर, मुमा पोखेल, सुजाता अधिकारी, लक्ष्मी चौधरी, लेखनाथ सुवेदी, भगतराम चौधरी, हरि प्रसाद चाैधरी, कृष्ण कुमार चौधरी र बिष्णु भण्डारी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष चित्र बहादुर थापा मगरकाे अध्यक्ष्यता तथा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विककाे प्रमुख आथित्यतामा सम्पन्न भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी, समाजसेवी तथा शिक्षा प्रेमी विद्यासरण चाैधरी, पूर्व प्राचार्य कृष्ण गिरी, राप्ती गाउँकार्यपालिका सदस्य रणबहादुर पुजाली, पूर्व वि.व्या.स सदस्य रामपति चाैधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रअ गाेविन्द बहादुर केसीले विद्यालयकाे गतिविधिकाे बारेमा जानकरी गराएका थिए भने कार्यक्रमकाे संचालन शिक्षक रामकृष्ण पाैडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे