महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी प्रमुख प्रशासकिय अधिकृत कार्यकक्षमै थुनिए



महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी प्रमुख प्रशासकिय अधिकृत कार्यकक्षमै थुनिए

तुलसीपुर १५ मंसिर । दाङकाे तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको बिरोधमा व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाएका छन् । व्यवसायीहरुले ताला लगायपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन् ।

व्यापारीहरुले ताला लगाउनको लागि प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपनि व्यवसायीहरुले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए । उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टिकाराम खड्का र अन्य कर्मचारीहरु बाहिर बसेका छन् ।

आजदेखि सञ्चालन हुने मेला नरोकिदासम्म ताला नखोल्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले बताए । महोत्सवको  विरोधमा दाङ जिल्लाभरीका उद्योग वाणिज्य संघका पदाधिकारीहरु तुलसीपुरमा आएका छन् । यसअघी जिल्ला प्रशासन कार्यालयको आदेश कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरु ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आधा घण्टा धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे