नेपालमा २४ घण्टामा थप १ हजार ४४२ जनामा काेराेना सङ्क्रमण, ३ हजार ५३८ जना डिस्चार्ज



नेपालमा २४ घण्टामा थप १ हजार ४४२ जनामा काेराेना सङ्क्रमण, ३ हजार ५३८ जना डिस्चार्ज

काठमाण्डाै ३  मंसिर । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नाै सय १७ पुगेकाे छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

६ हजार सात सय ३१ जनाकाे नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निकाे भएर फर्किए सँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे