दाङकाे बबई नदीमा डुबेर एक जनाको मृत्यु



दाङकाे बबई नदीमा डुबेर एक जनाको मृत्यु

दाङ ३ मंसिर । दाङकाे बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ५, खैरबस्ती निवासी ५५ वर्षिय अमृत खड्काको बबई नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको मंगलबार दिउँसो ४ बजेतिर ४०/४२ जनाको समुहमा पिक्नीक खान गएको बेला नदीमा डुबेर मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले बताएको छ । साथै उनले माद्यक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे