दाङका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



दाङका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

दाङ ३ मंसिर । दाङमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु भएकाे छ ।  घोराही उपमहानगरपालिका वडा नम्बर १७ निवासी एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हाे ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा बुधबार बिहान २ बजे ७९ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोनाको आशंकामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरी परिक्षण गर्दा उनमा कार्तिक २१ गते कोरोना देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेकोमा स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २ गते राती नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बुधबार बिहान २ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल पर्सन श्रेष्ठले बताए।

यो सङ्गै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४० पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । मंगलबार पनि दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय एक पुरुषको भेरी अस्पताल बाँकेमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे