दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या



दाङमा हथौडा प्रहार गरी श्रीमतीको हत्या

दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका वडा नं. १ क्यूरेनीमा ४० बर्षीय श्रीमान लाल बहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ बर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिनुभयो ।

आज शुक्रबार विहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको र स्थानीयले विहान ५ बजे तिर प्रहरीलाई खवर गरेका थिए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।

शबलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । विकट बस्ती भएकाले शव ल्याउन समस्या रहेको र ट्याक्टर बोलाएर शब ल्याउने तयारी गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे