पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी



पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाण्डाै ३० कार्तिक । पाकिस्तान सँगकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएकाे छ । आज बुधवार दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले पाकिस्तानलाई एक–शून्य गाेलले हरायाे ।

नेपालकाे जितमा अञ्जन विष्टले गाेल गरे । उनले खेलकाे ८३ औँ मिनेटमा गाेल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गाेल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

गाेल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलाे कार्ड देखाएका थिए । विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेकाे हाे ।

याे सँगै नेपाल र पाकिस्तान बीच अहिले सम्म १८ वटा खेल भएकाे छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे