नेपाल उद्याेग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा लुम्बिनी प्रदेशबाट   हेमराज बञ्जाडेको उम्मेद्वारी घोषणा 



नेपाल उद्याेग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा लुम्बिनी प्रदेशबाट   हेमराज बञ्जाडेको उम्मेद्वारी घोषणा 
दाङ २ मंसिर । नेपाल उद्याेग बाणिज्य महासंघको हुन गइरहेको केन्द्रिय अधिबेशनमा दाङ जिल्ला उद्याेग वाणिज्य संघको तर्फबाट संघका निबर्तमान अध्यक्ष हेमराज बञ्जाडेलाई
लुम्बिनि प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेद्वारि घोषणा गरिएको छ ।
नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला उबा संघका पुर्ब अध्यक्ष धुर्बराज श्रेष्ठ भारिले बञ्जाडेको लुम्बीनि प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
भारिले उम्मेद्वार बञ्जाडेलाई टिका, अबिर, मालासहित खादा ओढाइ जितको अग्रिम बधाइ तथा शुभकामना दिए । सो अवसरमा नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष बलिभद्र राना,दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, महासचिब नरेश कार्की, पुर्ब उपाध्यक्ष ओबिन्द्र महरा, दाङ जिल्ला उबा संघका कार्यसमिती सदस्यहरु रामप्रशाद पोखरेल, छबि गिरी, महेन्द्र बुढाथोकि, ब्यबसायी एक नारायण पौडेलले पनि जितको शुभकामना दिदै केन्द्रिय अधिबेसनमा भारी मतले जिताउन सबै एकमना, एकताका साथ लागि पर्ने भन्दै सहयोगका लागि सबैमा आग्रह गरे । दाङबाट प्रतिनिधित्व गर्ने सबैलाई केन्द्रिय नेतृत्वमा जिताउन लाग्नुपर्नेमा उनीहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे