देशभर जाडो बढ्यो, तापक्रम लगातार घट्दै



देशभर जाडो बढ्यो, तापक्रम लगातार घट्दै

काठमाण्डाै २७ कार्तिक । देशभर जाडो बढ्दै गएको छ ।  जाडो बढेसँगै न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ । काठमाण्डौसहित धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको भन्दा आज एक डिग्री सेल्सियसले घटेको छ ।

हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो बढेसँगै रातको समयमा आकाश सफा भएकाले पनि बिहानको न्यूनतम तापक्रम घटेको हो  ।

आज दिउँसो भने देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । पारिलो घामका कारण दिउँसोको समयमा खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढेको छ । यस्तै, हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो हावा चल्न थालेकाले पनि चिसो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे