नेपालमा आज थप ५ सय २ जनामा कोरोना संक्रमण, १७ को मृत्यु



नेपालमा आज थप ५ सय २ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

काठमाण्डौ २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनामा गरिएको परीक्षणमा ५ सय २ कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक १७ जनाको मृत्यु भएको छ। यस्तै २ हजार ८ सय ७८ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ। सक्रिय संक्रमित ३० हजार ९८६ जना रहेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे