देशभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको सम्भावना



देशभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै २५ कार्तिक । देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डाैसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ ।हिजोभन्दा आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ ।

हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ ।

पश्चिमी वायु सक्रिय रहेकाले नै आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार आज बाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

उनले प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा र हिमाली जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेकाे बताए । हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे