‘नाे नट अगेन’ अभियान चलाउनेलाई कारबाही नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश



‘नाे नट अगेन’ अभियान चलाउनेलाई कारबाही नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै २० कार्तिक । सर्वोच्च अदालतले ‘नो नोट अगेन’ अभियान चलाउने/संलग्न व्यक्तिलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अभियानमा संलग्न व्यक्तिलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न निर्वाचन आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले कात्तिक १५ गते सर्वोच अदालतमा रिट दायर गरेका थिए । रिटमाथि आइतवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश गर्नु नपर्ने हो भन्ने विषयमा कारण पेस गर्न निर्वाचन आयोगको नाममा आदेश पनि जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने तय गर्न दुवै पक्षसँग छलफलका लागि आउँदो २४ गतेका लागि बोलाएको छ ।पूर्वप्रधानमन्त्री लगायत पटक–पटक सांसद भएका व्यक्तिलाई फेरि निर्वाचित नगर्न आह्वान गर्दै नो नोट अगेन अभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे