टी–२० विश्व कपमा आज महत्त्वपूर्ण तीन खेल, समूह-२ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने



टी–२० विश्व कपमा आज महत्त्वपूर्ण तीन खेल, समूह-२ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने

काठमाण्डाै १९ कार्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज महत्त्वपूर्ण तीन वटा खेल हुँदैछन् । आजको खेलबाट समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ ।

आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । यो खेल पनि एडिलेडमा हुनेछ । पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा सेमिफाइनल पुग्न भारत र जिम्बाब्वेको नतिजा पनि पर्खिनुपर्नेछ । पाकिस्तान विजयी हुँदा ६ अङ्क हुनेछ ।

यस्तै, भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । आजको खेलमा दक्षिण अफ्रिका र भारत विजयी भएमा नेट रनरेटको आधारमा समूह विजेता र उपविजेता हुनेछन् । सुपर १२ को समूह ‘१’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे