एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै



एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डाै १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ ।

एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै  देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।  एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । समितिले दिएको सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे