गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो



गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो

दिल्ली । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताएका छन् । उनका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । मर्मतसम्भारका लागि ६ महिनासम्म बन्द गरिएको यो पुल गएको शुक्रवारदेखि मात्रै आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे